बझाङमा भालुको आक्रमण एक महिला गम्भिर घाइते

बझाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका ४ माझिगाउँकी २८ वर्षीया अंगिरा रोकाया भालुको आक्रमणबाट घाइते भएकी हुन् ।

रोकायालाई बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङबाट धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।

You might also like