पदम जोरा,डडेल्धुरा
परिवर्तनका लागि कार्यरत युवा समूह (याक नेपाल) धनगढीको आयोजनामा डडेल्धुराको परशुराममा खाद्य अधिकार अवधारणा ,छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका नगर-प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगर उप -प्रमुख बिमला कुमारी बोहरा (महता ), सामाजिक बिकास समिति संयोजक देव बहादुर बोहारा, वडा नं.१२ का अध्यक्ष महाबिर कामी, वडा न .२ का अध्यक्ष रमेश बहादुर वोहरा, वडां.न १० का अध्यक्ष राज कुमार भाट सहित सम्पुर्ण कार्यपालिका सदस्यहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
याक नेपालले डडेल्धुराको परशुराम नगरपालिका वडा न..२ साविक शिर्ष गाबिस, परशुराम ६, सरगौडा बाढि पिडितको राहत,पुनस्थापनको मागका लागि बिगत २०६८ साल देखि यश क्षेत्रमा कृयासिल रहेको परियोजना संयोजक देबी प्रशाद खनालले जानकारी दिनु भएको छ ।
उहाँ हरु निरन्तर तत्कालिन अवस्थामा जिल्ला प्रशासन,७ दलिय संयन्त्र ,वडा नागरिक मञ्च सम्म राहत र पुनस्थापनाका लागि धाइ रहनु भएकोमा हामीले र हाम्रो संस्थाको उदेश्य पनि यी यस्ता पहुँच वाट टाढा रहेका नागरिकको पहुँच पुगाउन पुल काम गर्ने भए अनुसार सहजिकरणको काम गरेको जानकारी दिए ।
शिर्ष वाढि पिडितहरुले आफ्नो पीडा , तत्काल खाद्य संकट, राहत, पुनस्थापनाको माग सहित १३१ पटक सरोकारवाला तथा सम्बन्धित निकायमा धाएको हामीले पायौं यसमा हामीले समन्वयात्मक भुमिका खेलेको खनालले जानकारी दिए ।
२०७२ सालमा नयाँ संविधान जारी पश्चचात देश संघियतामा गयो, ३ तहको सरकार गठन भइ हामी वाढि पिडितहरुले याक नेपाल सितको सहकार्यमा राहत, पुनस्थापनाका लागि सहज भएको शिर्ष बाढि पिडित संघर्ष समिति संयोजक प्रजापती नाथले वताए । हामी पिडितका घाउमा याक नेपालले मलम लगाएको उनले सुनाए ।
अहिले सरकारले शिर्ष बाढि पिडित परिवार मध्येका ३२ परिवारको परशुराम ४ रातामाटि कटाल र परशुराम ५ परिगाउमा पुनस्थापना गरेको पाइन्छ ।
२०६२ सालको बिनासकारी बाढि र पहिरोले शिर्ष क्षेत्र जोखिम रहेकाले उहाहरुले सरकार सितको लामो लडाइँका वावजुत पुनस्थापना रोजेको देखिन्छ भने , अहिले फेरि ती पिडितहरुका लागि घर निर्माण भएका छन ।
अझै आय आर्जन केही नहुदा ती पिडितहरु झनै मारमा रहेको समेत उनिहरुको गुनासो बढ्दै गएको । आफूहरुले ३ देखी १० रोपनीको लालपुर्जा सरकारलाई बुझायौ १ घरमा मात्रै बस्नु परेको छ पिडितको गुनासो छ ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा शिर्ष बाढि पिडितहरुले परशुराम नगरपालिका लाई सिपमुलक तालिम, आय आर्जन , खानेपानी सामुदायिक वनमा स्वामित्व,विधुत,शिक्षा स्वास्थ्य र जग्गाको पुर्जा पाउनु पर्ने माग सहित नगरपालिका लाई ज्ञापन-पत्र बुझाएका छन ।
हामी १५-१६ बर्षको संघर्ष अझै जारी छ सहयोग गर्ने याक नेपाल सहित सरोकार वाला पक्ष र निकायलाइ पिडितले धन्यवाद दिनु भएको छ ।
याक नेपाल विगत १६ वर्ष देखि सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका १८ पालिकाका पछि परेका, मुक्तहलिया,दलित,लोपोन्मुख,दलित सरोकारवाला माझ पहुँच न पुगेका नागरिक र समुदायको आवाज वोल्ने गरेको र याक नेपालको मुख्य उदेश्य पनि रहेको परियोजना अधिकृत देबी प्रशाद खनालले जानकारी दिनु भएको छ ।