डडेल्धुरा-डडेल्धुरा को अमरगढी नगरपालिका वडा न २ कुश्माली मा रहेको ध्रुब कृषि फर्ममा उत्पादन गरिएको विभिन्न प्रजातिका किविका बेर्ना शुदुरपस्चिम का विभिन्न जिल्ला मा निर्यात हुन थालेकोछ ।
डडेल्धुराको आलिताल गाउपालिका वडा न २ को लामिटुडामा रहेको ध्रुब कृषि फर्म को शाखाको रुपमा अमरगढी २ कुस्माली मा स्थापना गरिएको नर्सरी मा बिगत ३ बर्ष देखि किवि को बेर्ना उत्पादन थालिएको हो ।
नर्सरी मा हाल रेड किवि, हेवार्ड,ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रीन क्विन गरि जम्मा ६ प्रजातिका किविको बेर्ना उत्पादन भैरहेको छ ।
ध्रुब कृषि फर्मको आलिताल २ लामिटुडा स्थित फर्ममा करिब १५ रोपनी जमिनमा ब्यबसायिक रुपमा किवि उत्पादन भैरहेकोछ भने किविको बेर्ना समेत उत्पादन गरिरहेको छ ।
अमरगढी २ कुश्माली स्थित फर्मले पनि हाल बार्सिक सरदर ५ हजार बिरुवा उत्पादन गरि सुदुरपस्चिम का बजारमा बिक्री गरिरहेको फर्मका संचालक मध्येका एक खडक बहादुर थापाले बताउनु भयो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार डडेल्धुरामा केही समय पहिले अरु फर्महरुले पनि किविको बेर्ना उत्पादन गरि बजारमा विक्रि गर्ने गरेको भए पनि हाल डडेल्धुरामा ध्रुब कृषि फर्मले मात्र किविको बेर्ना उत्पादन गरि विक्रि गरिरहेको छ ।