डडेल्धुराको अग्रणी शैक्षिक संस्था भागेश्वर मा.बी.कटालले स्वर्ण जयन्ती मनाउदै
आवरण तस्विरः बरुण पनेरु, बरिष्ठ पत्रकार
डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं.४मा रहेको अग्रणी शैक्षिक संस्था भागेश्वर मा.बी. कटालले आफ्नो स्थापनाको स्वर्ण जयन्ती तथा अभिभावक दिवश भव्यताका साथ मनाउन लागेको छ ।
बि.स.२०३२ सालमा स्थापना भएको भागेश्वर मा.बी. कटालले २०८१ माघ २८ गते देखी फागुन २ गते सम्म आफ्नो विद्यालय स्थापनाको स्वर्ण जयन्ती तथा अभिभावक दिवश मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिँह माल “डायमण्ड”ले बताउनु भयो ।

विद्यालय स्थापनाको स्वर्ण जयन्ती तथा अभिभावक दिवशको अवसरमा यस क्षेत्रकै अत्यधिक धनराशी भएको पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको भागेश्वर मा.बी. परशुराम नगरपालिका वडा नं.४ ले जनाएको छ ।
विगतमा पनि सर्वाधिक धनराशी भएको पुरस्कारको भलिवल प्रतियोगिता आयोजना गरेको विद्यालयले आफ्नो स्वर्ण जयान्ती तथा अभिभावक दिवशको अवसरमा खुला पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ३ लाख, द्धितिय पुरस्कार रु १ लाख ५० हजार तथा तृतिय पुरस्कार रु ७५ हजार सहित पमाणपत्र, ट्रफि र मेडल प्रदान गर्ने घोषणा गरेको छ । यसै गरी महिला खुला भलिवल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु १ लाख ५० हजार, द्धितिय पुरस्कार रु ७५ हजार र तृतिय पुरस्कार रु ५० हजार सहति पमाणपत्र, ट्रफि र मेडल प्रदान गर्ने घोषणा गररेको छ ।

बिद्यालयले आफ्नो स्वर्ण जयन्ति तथा अभिभावक दिवशको अवसरमा विभिन्न व्यक्तित्व लाई सम्मान गर्ने र विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरिने विद्यालय व्यवस्थापन समिति का अध्यक्ष शेर सिँह माल”डायमण्ड” ले बताउनु भयो ।

