डडेल्धुरा-नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रि डा. भिम रावल लाई डडेल्धुरामा स्वागत गरिएको छ ।
काम विशेषले आज काठमाण्डौ बाट अछाम जाने क्रम मा नेता भिम रावल लाइ डडडेल्धुराको स्याउलेमा डडेल्धुराका स्थानिय तथा केही राजनैतिक दलका प्रतिनिधिको तर्फ बाट स्वागत गरिएको हो ।
केही समय पहिले नेकपा एमाले बाट निस्कासन गरिएका डा. रावललाई गृह जिल्ला अछाम जाने क्रममा डडेल्धुराका युवा अभियन्ता सुरत तमोलि , विपि काँग्रेसका सुप प्रदेश सभापति करुणाकर भट्ट, गत स्थानिय निर्वाचनका केही स्वतन्त्र उम्मेदवार हरु लगायतका स्थानीयहरुले डडेल्धुराको स्याउले बजारमा स्वागत गरेका हुन ।
भेटको क्रममा डा.भिम रावलले बैकल्पिक राजनैतिक दल निर्माणका लागी छिटै सुदुरपश्च्मिमा बृहत भेटघाट कार्यक्रमको आयोजना गर्ने बताएका छन ।