बाजुरा- रुखबाट खसेर बाजुराकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको हो ।
बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको छ ।
मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।