डडेल्धुरामा गोली हानेर पत्नीको हत्या, पति पक्राउ

डडेल्धुरा – डडेल्धुरामा गोली हानेर एक महिलाको हत्या भएको छ ।  आज(सोमबार) साँझ अमरगढी नगरपालिका-३ पथरोडा बस्ने अन्दाजी २४ वर्षीया अस्मिता  थापा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनको हत्या आरोपमा श्रीमान् ३२ वर्षीय डम्बर थापा मगरलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार डम्बरले घरायसी विवाद हुँदा  श्रीमतीलाई गोली हानेका थिए । गोली प्रहारपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यापछि फरार डम्बरलाई प्रहरीले नजिकैको जंगलबाट  भरुवा बन्दुकसहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

You might also like