सडक शिलान्यासको २५ वर्षपछि कोल्टीमा बस

बाजुरा– सडक शिलान्यास भएको २५ वर्षपछि बाजुराको कोल्टीमा बस पुगेको छ । २५ वर्ष पहिले शिलान्यास भएको बाजुराको मार्तडी–कोल्टी सडकखण्डबाट पहिलो पटक कोल्टीमा बस पुगेको हो ।

शुक्रबार महाकाली यातायात प्रालिद्वारा सञ्चालित तीन वटा बस कोल्टी पुगेका हुन् । दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुगेपछि स्थानीय खुसी भएका छन् । कोल्टीमा बस पुगेपछि अब सहज रूपमा सर्वसाधारणले यात्रा गर्न पाउने विश्वास लिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले बताए ।

कोल्टीमा बस पुगेपछि स्थानीयले बाजागाजासहित बसका चालकसहितका कर्मचारी र यात्रुको स्वागत गरेका थिए । कोल्टीमा बस पुगेपछि बाजुराका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका बासिन्दालाई सदरमुकाम मार्तडी र अन्य जिल्ला आउनजान सहज हुने भएको छ ।

You might also like