चेतना साना किशान सहकारी को साधारण सभा सम्पन्न

डडेल्धुरा-डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको चेतना साना किशान सहकारी सस्था लिमिटेडको १२ औँ साधारणसभा आज भव्य कार्यक्रमका विच सम्पन्न भएको छ ।


सहकारीका अध्यक्ष कृष्ण दत्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आलिताल गाँउपालिका वडा नं.८ का अध्यक्ष धन बहादुर देउवा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । यसै गरी दुर्गा मा.बी. आलितालका प्र.अ. मान बहादुर रावत विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने आलिताल गाँउपालिकाका पूर्व उपाध्यक्ष जला विष्ट बोगटी, सहकारीका पूर्व अध्यक्ष टेक बहादुर रोका अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो यसका साथै कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कर्मचारी तथा सेयरधनीको उपस्तिथी रहेको थियो ।
आज सम्पन्न भएको साधारण सभामा सहकारीको तर्फ बाट प्रस्तुत गरिएको आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै भेलाले पारित गररेको छ । साधारण सभा कार्यक्रम पश्चात शेयर सदश्य तथा अतिथिहरुले सामुहिक देउडा नृत्य गर्नुका साथै कार्यक्रमका दौरान विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

You might also like