डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नं.४ ले राष्ट्रपति रनिंग शिल्डमा सहभागी भएका तथा पदक जित्न सफल भएका भूवनेश्वरी माध्यामिक विद्यालय जैशेराका खेलाडीहरु लाई उनिहरुको अभिभावक सहित सम्मान गरेर नयाँ सुरुवात गरेको छ ।
यहि पुस २२ र २३ गते सरस्वती माध्यामिक विद्यालय गन्यापधुरा १ भात्काडामा सम्पन्न भएको गाउपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिंग सिल्डमा सहभागी विद्यार्थि तथा उनिहरुको अभिभावकहरु लाई वडा नं.४ को तर्फ बाट सम्मान गरिएको वडा अध्यक्ष नरेन्द्र कुमार भट्टले बताउनु भयो ।
यस पटक गाउपालिका स्तरीय रनिंग शिल्डमा द्धितिय स्थान बनाउन सफल भुवनेश्वरी मा.बी.को तर्फबाट जम्मा ४८ जना विद्यार्थिहरुले प्रतिस्पद्र्धा गरेकोमा विद्यालयले ६ स्वर्ण, १० रजत र ४ काश्य पदक जित्न सफल भएको थियो ।
विद्यार्थिलाई पढाई संगै खेलकुदमा आकर्षण गर्नका लागी स्थानिय सरकार र विद्यालयको मात्र भूमिका नभएर अभिभावकको पनि भूमिका हुने हुदा विद्यार्थिहरु लाई खेलकुदमा अभिभावकको तर्फ बाट पनि प्रोत्साहन मिलोस भन्ने उद्देश्य राखेर विद्यार्थिहरु लाई फुलमाला तथा स्टेशनरीका साथै अभिभावकहरु लाई न्याना लुगा सहित सम्मान गरिएको वडा अध्यक्ष नरेन्द्र कुमार भट्टले बताउनु भयो । गन्यापधुरा गाउँपालिकाको वडा नं. ४ ले विभिन्न रचनात्मक कार्य गर्दै आईरहेकोछ । यस अघी पनि एस ई ई मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थिहरुको अभिभावकहरु लाई बाख्रा वितरण गरिएको थियो ।