कैलाली- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पुस २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए ।
भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए ।