भारतमा बेपत्ता भए डडेल्धुराका सदानन्द पाठक

डडेल्धुरा- रोजगारीको शिलशिलामा भारतमा रहेको डडेल्धुराका एक पुरुष बेपत्ता भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–५ सिलिङ्गधारा घर भइ हाल हरियाणाको गडगाउँ बस्दै आउका ४८ वर्षीय सदानन्द पाठक बेपत्ता भएका हुन् । गत शनिबार आफू बस्ने कोठाबाट निस्किएका उनको हालसम्म कुनै खबर नआएको पत्नी सरस्वती पाठकले बताइन् । उनका अनुसार सदानन्दको मोबाइल पनि बन्द आइरहेको छ ।

गत साउन ८ गते रोजगारीका लागि भारत गएका उनले आफ्ना एक छोरालाई पनि उतै लगेका थिए । अहिले उनका १३ वर्षीय छोरा कोठामा एक्लै छन् । परिवारले प्रहरीमा खबर गरिसकेको छ भने खोजीका लागि सहयोग गरिदिन भारतमा रहेको सबै नेपालीलाई आग्रह गरेको छ ।

 

 

You might also like