डडेल्धुरा-कुनै बेला डडेल्धुराको स्थानिय क्लव तथा डडेल्धुरा जिल्लाको प्रतिनिधित्व गर्दै क्रिकेट खेलिरहेका भेटिने डडेल्धुराका प्रदिप नगरकोटी अहिले काठमाण्डौ स्थित शिक्षण अस्पतालमा कलेजोको उपचार गराइरहेका छन् ।
अमरगढी नगरपालिका ५ खलंगाका युवा खेलाडी प्रदिप कुमार नगरकोटी २ बर्ष पहिले देखी कलेजोमा समस्या देखिए पछी विभिन्न विभिन्न अस्पतालमा उपचार गराउदा पनि निको नभए पछि अहिले काठमाण्डौको शिक्षण अस्पतालको ग्याँस्ट्रो वार्ड मा भर्ना भएका छन् ।
अस्पताल प्रशासनले तत्काल कलेजो प्रत्यारोपण गर्न भनेको छ । उनको अहिले पेट पुरै सुजन भएको छ । कलेजो प्रत्यारोपण गर्न करिव ४० देखि ५० लाख सम्म खर्च आउने देखिएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या देखिएको छ ।
उपचारमा धेरै खर्च भईसकेको र कमाउने मान्छे नै बिरामी परे पछि उपचार खर्च जुटाउन निकै धौंधौ परेको नगरकोटीका श्रीमती यशोदा देउवाले दुखेसो सुनाउनुभयो । अहिले सम्म ऋण सापट गरेर १०/१५ लाख रुपैयाँ खर्च गरिसके तर श्रीमानलाई सन्चो भएको छैन ।
४० बर्षिय आफ्नो श्रीमान बचाउनका लागी उनले आर्थिक सहयोग गरिदिन हुन सबै संग हार गुहार गरेकी छिन ।कलेजो प्रत्यारोपणको लागी ४० देखि ५० लाख रकम जुटाउने आफुमा कुनै उपाय नभएकोले जसरी पनि सहयोग गरेर श्रीमानलाई बचाईदिन आग्रह गरेकी हुन् । श्रीमान बचाईदिन आग्रह गर्दै सहयोग गर्न चाहनेले माछापुछ्रे बैंकमा रहेको १६७०९७६७२२२०००१६ या मोवाईल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरिदिन सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
सहयोगका लागी क्यू आर