पदम जाेरा,डडेल्धुरा
भुवनेश्वरी माबिले जित्याे परशुरामकाे १५ औं राष्ट्रपति रनिङ सिल्ड
परशुराम नगरपालिकाद्वारा आयोजीत १५ औं राष्ट्रपति रनिङ सिल्ड भुवनेश्वरी माध्यमिक बिध्यालय परिगाउले जितेकाे छ । विभिन्न विधाका प्रतियोगितामा भुवनेश्वरी नमुना माध्यमिक विद्यालयले २७ स्वर्ण १० रजत ४ कास्य जिते संगै सिल्ड उचालेकाे हाे ।
बिहिवार वाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष झैँ यस वर्ष पनि प्रतियोगिता परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा बिहिवार उद्घाटन भएको थियाे ।
प्रतियोगितामा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ माध्यमिक बिद्यालय सहभागीता रहेकाे थियाे ।
प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र-छात्रा सहभागी भएका थिए ।
शनिवार सम्पन्न प्रतियोगितामा भागेश्वर माध्यमिक बिध्यालय कटालले ९ स्वर्ण ,२ रजत र ८ कास्य हात पारी दाेस्राे भएको छ । ७ स्वर्ण , ३ रजत र १ कास्य जिति शिद्दनाथ माबि जयपुर जाेगबुडा, तेस्राे भएको छ ।
२ स्वर्ण , ६ रजत र ६ कास्य जिति सिताराम माबि कुरमुल्ले चौथो भएको छ । २ स्वर्ण , २ रजत र ४ कास्य जिति जनज्योति माबि गाइवाद्दे पाँचौ स्थानमा रहेकाे छ । २ स्वर्ण , २ रजत र ३ कास्य पदक जिति शिद्दनाथ माबि चन्दनी छैटौं स्थानमा रहेकाे छ । उता भागेश्वर माबि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य जिति सातौ स्थान ओगटेकाे छ । आठौं स्थानमा १ स्वर्ण , ६ रजत र ५ कास्य बैजनाथ माबि जमरानीले जितेकाे छ । शैलेश्वरी माबि तुलाभाडिले १ स्वर्ण , ५ रजत र २ कास्य हात पारि नवौ स्थानमा रहेकाे छ । १ स्वर्ण , १ रजत र २ कास्य
जित्नेमा शिवपार्वती माबि पाेखरी दशौ स्थान सुरक्षित गरेकाे छ । एघारौं स्थानमा कैलपाल माबि ,बाेडाले ३ रजत र ५ कास्य जितेकाे छ। वाह्र स्थानमा २ रजत र २ कास्य जित्ने भागेश्वर माबि बशौटी र शिवसंकर माबि सादनि रहेका छन ।
तेह्रौं स्थानमा ३-३ कास्य जित्न सफल भागेश्वर माबि शिर्ष र बैजनाथ माबि सलेता रहेकाे आयोजकले जनाएको छ । ग्रिनभ्याली इङ्गलीस वाेर्डिक स्कुल जाेगबुडा र शिद्दनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान ल्याउन नसकेकाे आयोजककाे अन्तिम सार्वजनिक नतिजामा उल्लेख छ ।
प्रतियोगितामा प्रथम,दाेस्राे,तेस्राे र सान्त्वना हुने बिद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस: ३५ हजार,२५ हजार,१५ हजार र १० हजार नगद सहित,सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ ।
प्रतियोगिता ३ दिन सम्म सब्य,भव्य र मर्यादित तवरवाट सम्पन्न भएकाे आयोजकले जनाएको छ । बिहिवार सामाजिक बिकास समिति संयोजक तथा १५ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संयोजक देव बहादुर बाेहराकाे अध्यक्षता तथा नगर-प्रमुख भरत वडायर जाेशीको प्रमुख आतिथ्यतामा उदघाटन भएको थियाे ।शनिबार प्रतियोगिता जिल्ला समन्वय समिति सदस्य लिला धामीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
प्रतियोगितामा आ-आफ्नो क्षेत्र वाट साथ,सहयाेग र समर्थन गर्नु हुने सम्पुर्ण सहयाेगी, अफिसियल,रेफ्रि,स्वयंसेवक ,विभिन्न बिद्यालयका प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी,
कर्मचारी ,पत्रकार ,सुरक्षाकर्मिलाई प्रश्नसा पत्र द्वारा सम्मान सहित प्रतियोगिता सम्पन्न भएको संयोजक देव वहादुर वाेहराले जानकारी दिनु भएको छ । आज नै नगरपालिकाले छात्र-छात्रा नगरकाे आधीकारिक भलिवल र कबड्डि खेलकाे टिम समेत घाेषणा गरेकाे छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडी लाई समेत ट्रफिद्वारा सम्मान गरिएको छ ।