धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु

धनगढी– सेती प्रादेशीक अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलबार शल्यक्रिया मार्फत शिशु (छोरा) जन्माएकी कैलालीको लम्कीचुहा नगरपालिका– ८ की २५ वर्षिया टिकेश्वरी शाहीको मृत्यु भएको हो ।

शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीको उपचारका क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।

उनकाअनुसार शिशु भने सकुशल छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

You might also like