डडेल्धुरा – डेडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले प्रकाशित समाचार हटाउन धम्की दिए पछि नेपाल पत्रकार महासंघका तिन वटै तह बाट असन्तुष्टि व्यक्त गएिको छ । एक समाचार प्रकासनका विषयमा डडेल्धुराबाट सञ्चालन हुने सिमाना न्युज डटकम लाई समाचार हटाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले लिखित निर्देशन दिएका थिए ।

प्रमुख जिल्ला अधिकारीको यो कदमको नेपाल पत्रकार महासंघको डडेल्धुरा जिल्ला शाखा, सुदूरपश्चिम प्रदेश समिति र केन्दीय समितिले विरोध जनाएका छन । तीन वटै कार्यसमितिले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट गरिएको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुरबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानूनी उपचारमा जान सकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान रहेको ध्यानाकर्षण गर्दै महासंघले प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको हर्कत अत्यन्त निन्दनीय भएको भनेको छ ।
