डडेल्धुरा-डडेल्धुरा सदरमुकाममा वि.पी काँग्रेसले ४९ औँ राष्ट्रिय एकता मेलमिलाप दिवस मनाएको छ ।
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
वि.पि. काँग्रेसका जिल्ला सभापति भरत नेपालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वि.पि.काँग्रेसका केन्द्रिय सदश्य अधिबक्ता हरि प्रसाद भट्ट र सुदूरपश्चिम प्रदेश सभापति करुणाकर भट्ट प्रमुख बक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा अधिकांस बक्ताले ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।