डडेल्धुरा अस्पताललाई चाहियो १० नर्स

डडेल्धुरा: डडेल्धुरा अस्पतालले १० जना स्टाफ नर्सका लागि रोजगारी खुला गरेको छ। अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार नयाँ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

अस्पतालका अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले सात दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक योग्यता तथा प्रक्रियासम्बन्धी जानकारी अस्पतालको प्रशासन शाखामा प्राप्त गर्न सकिनेछ।

डडेल्धुरा अस्प,ताल संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल हो। यसले क्षेत्रीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। १० जना स्टाफ नर्सको नियुक्तिले अस्पतालको सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास गरिएको छ।

 

You might also like