डडेल्धुरा युवती मृत्यु प्रकरणः एक युवक प्रहरी नियन्त्रणमा

डडेल्धुरा-डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ की आशा मल्ल मृत्यु प्रकरणमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका वडा नम्बर १ का हेम प्रकाश बोगटी रहेका छन् । मृतक युवती र बोगटी १ बर्ष देखि प्रेम सम्बन्धमा रहेको खुल्न आएको छ ।

बोगटी बिवाहित पुरुष हुन् । उनलाई अहिले डडेल्धुरा प्ररहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

आलिताल गाउँपालिका वडा नम्बर २ तेलगाउँ बस्ने हरि मल्लकी छोरी अन्दाजि १७  बर्षकी आशा मल्ल शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

आशाले प्रेममा धोका पाएर मृत्यु वरण रोजेको हुनसक्ने आशंका गरिएको छ ।

You might also like