भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडाैं- भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो ।

शनिबार उनको अन्त्येष्टि गरिने भएको छ । सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।

You might also like