डडेल्धुराका भट्ट दम्पती पक्राउ

डडेल्धुरा- डडेल्धुरामा एक दम्पती पक्राउ परेको छ । जिल्लाको नवदुर्गा गाउँपालिका रन्तपाला घर भएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया श्रीमती कुन्ती भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरु कैलालीको धनगढी उपमहानगरमा बस्दै आएका थिए । प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा एक महिना कैद सजाय तोकेको थियो ।

फैसला भएदेखि फरार रहेका उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको हो

You might also like