कञ्चनपुर- डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थ राज धानुक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । १० दिनदेखि हराएका धानुक बुधवार मृत अवस्थामा फेला परेका हुन् ।