डडेल्धुराका कृष्ण कञ्चनपुरमा मृत फेला

डडेल्धुरा- डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्। आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।

खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए। तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि  खडायत दम्पत्तिलाई फर्काइएको थियो। त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए।

परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो। त्यसपछि कृष्ण मृत फेला परेका हुन्। खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ।

You might also like