डडेल्धुरा- पूर्व राष्ट्रिय सभा सदस्य महेशकुमार महराको परिकल्पनामा तयार भएको ‘हाम्रो आलिताल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सुदुरपश्चिमका चर्चित गायक भानुभक्त जोशी र चर्चित गायिका गौरी भट्टको स्वरमा सजिएको हाम्रो ‘हाम्रो आलिताल’ गितको म्यूजिक भिडियो निरन्तर मिडिया नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
अलिताल गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा आलितालको पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्न खोजिएको छ ।
नवीन बिष्टले निर्देशन गरेको यो भिडियोमा मोडलका रुपमा स्थानिय गणेश मडै र पुष्पा बोहराले अभिनय गरेका छन् । जीवन बटुको संगीत संयोजन रहेको भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन्।
भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस