काग्रेस नेता शेखरलाई सुदूरपश्चिममा १५ केजीको माला

धनगढी -नेपाली काँग्रेसका इतर समूहका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढी विमानस्थलमा यहाका शुभचिन्तकले १५ किलोको मालाले स्वागत गरेका छन् ।

कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि डा.कोईरालालाई अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाईएको स्वागतमा उभिएका कार्यकर्ताले जानकारी दिए ।
कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि डा. कोईरालालाई अग्रिम शुभकामना स्वरुप हामीले १५ किलोको माला लगाएको डडेल्धुुराका युवाराज पाण्डेले बताए ।
डा. शेखर सहित डा सुनिल शर्मा पनि धनगढी पुगेका छन् ।

उनिहरूलाई हजारौं कार्यकताहरूले धनगढी बिमानस्थलमा बाजा गाजा सहित स्वागत गरेका हुन् ।
सुदूरपश्चिमका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आज धनगढी पुगेका हुन् । डा. कोइराला धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।

You might also like