डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय महिला भलिवल हुदैः टिम दर्ता निशूल्क

डडेल्धुरा – जिल्ला भलिवल संघ डडेल्धुराको आयोजनामा यहि पुस १४ गते देखी १६ गते सम्म डडेल्धुरा सदरमुकाममा सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरपालिका महिला भलिवल प्रतियोगिता हुने भएको छ ।


आज डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मलेनको आयोजना गरी जिल्ला भलिवल संघ डडेल्धुराले भलिवल प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
सुदूरपश्चिममा पहिलो पटक प्रदेश स्तरीय अन्तरपालिका महिला भलिवल आयोजना गर्न लागिएको बताउदै जिल्ला भलिवल संघ डडेल्धुराले पछिल्लो समय भलिवलमा महिलाहरुको पनि आकर्षण बढ्दै गएको र ग्रासरुट बाट महिला भलिवल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला भलिवल संघले जनाएको छ ।


टिम दर्ता निशुल्क रहेको उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमसः नगद रु १ लाख १ सय ११, ५० हजार १ सय ११ र २५ हजार १ सय ११ का साथै मेडल, ट्रफि र प्रमाणपत्र उपलब्ध प्रदान गरिने छ भने विभिन्न ६ वटा विद्यामा उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिने पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो ।
अनुमानित ७ लाख खर्च हुने उक्त प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद परिषदको तर्फ बाट रु ५ लाख विनियोजन गरिएको छ भने बाकी रकम आन्तरिक तथा बाह्य श्रोत बाट ब्यहोरिने आयोजकले जानकारी दिएको छ ।

You might also like