सुदूरपश्चिममा जड्याहा चालकबाट ७ लाख बढी राजश्व असुल

कैलाली- सुदूरपश्चिममा मादक पदार्थ सेवन (मापसे) गरेकाहरूबाट प्रहरीले ७ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको मसान्त सम्ममा १ हजार २९८ सवारी साधनलाई कारबाही गरेर ७ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता सुरज खड्काका अनुसार गत आर्थिक वर्षमा मापसे कारबाहीमा परेर ३९ लाख १८ हजार राजश्व संकलन गरिएको थियो । जसमा ३ हजार ९१८ सवारी साधन कारबाहीमा परेका थिए ।

प्रहरीले यसअघि मापसे कारबाहीमा परेकाहरूलाई पहिलो पटकमै १ हजार राजश्व तिराउने गरेकोमा चालु आर्थिक वर्षबाट पहिलो पटकलाई ५ सय मात्रै जरिवाना तोकिएकाले राजश्व कम संकलन भएको प्रवक्ता खड्काले बताए । सुदूरपश्चिम प्रदेशका सबै ठाउँमा ट्राफिक प्रहरीले मापसे जाँच गर्दै आएको भए पनि सबै ठाउँमा मापसे जाँच गर्ने ब्रेथलाइजर मेसिन भने पुग्न सकेको छैन ।

You might also like