अचार उत्पादन सम्बन्धि ७ दिने तालिम सम्पन्न

डडेल्धुरा-डडेल्धुरामा व्यवसायिक अचार उत्पादन सम्बन्धि ७ दिने सिपमुलक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
एफ.सि.ए.नेपाल र वुमन्स बैँकको सहयोगमा एकिकृत विकास समाज डडेल्धुराले आयोजना गरेको तालिम डडेल्धुरामा आज सम्पन्न भएको हो ।


एकिकृत विकास समाज द्धारा डडेल्धुरा जिल्लाको नवदुर्गा र अजयमेरु गाउँपालिकामा संञ्चालन गरिरहेको गैर परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना अन्तर्गत तालिम कार्यक्रम सम्पन्न भएको हो ।
नवदुर्गा तथा अजयमेरु गाउपालिकाका युवा उद्यमीहरु लाई गैर परम्परागत उद्यममा आकर्षित गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताउनु भयो ।
तालिममा स्थानिय स्तरमा उत्पादन हुने कच्चा पदार्थ को उपयोग गर्दै विभिन्न ८ किसिमका अचार बनाउन सिकाइएको प्रशिक्षक पद्मा देवी भण्डारीले बताउनु भयो ।


तालिमका सहभागीहरु लाई समापनको अवसर पारि प्रमाणपत्र प्रदान गर्दै गैर परम्परागत उद्यममा लाग्नको लागी संस्थाका कार्यकारी निर्देशक पद्मा गुरुंगले शुभकामना व्यक्त गर्नभएको थियो । तालिम समापन कार्यक्रममा एकिकृत विकास समाजका महासचिव राम धामीले तालिमका सहजकर्ता लाई संस्थाको तर्फ बाट प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो।

You might also like