अजयमेरुमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान को समापन

डडेल्धुरा–लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन हिजो डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिका वडा नं. ५ देवलमा एक कार्यक्रम बिच समापन गरिएको छ ।
महिला संञ्जालका अध्यक्ष लक्ष्मि बुढा पालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउपालिका उपाध्यक्ष बसन्ति पाल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा साथै गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट, प्रमखु प्रशासकिय अधिकृत जितेन्द्र प्रसाद ओझा, एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंग अतिथिका रुपमा सहभागी हुनु भएको थियो ।


कार्यक्रममा एकिकृत विकास समाजले संञ्चालन गरिरहेको गैर परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजनाको बारेमा जानकारी दिईएको थियो भने एकिकृत विकास समाजका कार्यकारी निर्देशक पद्मा गुरुंगले लैगिक हिँसा विरुद्ध १६ दिने अभियानका साथै नेपालमा लैगिक हिँसाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एबँ अजयमेरु गाउपालिकाका उपाध्यक्ष बसन्ति पालले हिंसा बिरुद्ध सबैले एकजुट हुनु पर्ने तथा महिलाको हकहितको लागी आफुहरु प्रतिवद्ध भएको बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष उमेश प्रसाद भट्टले लैगिक हिँसा विरुद्ध एकजुट हुदै लैगिक हिँसा गर्दैन र आफु पनि सहदैन भनेर प्रतिवद्ध हुनुपर्ने बताउनु भयो ।

You might also like