बैतडी–बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ । विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो ।
पाटन नगरपालिका वडा नं –६ स्थित उदयदेव मन्दिरको नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको सञ्चालक कृष्णसिंह भाटले जानकारी दिए ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर आयोल स्टोरको उद्दघाटन गरिएको र पेट्रोलियम पदार्थ विक्रिवितरण शुरु गरिएको उनले बताए ।
आयल स्टोरमा ६–६ हजार लिटर क्षमताका दुईओटा ट्यांक राखिएका र नियमित रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने भाटले बताए । आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिने बताइएको छ ।
नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल उपलब्ध हुने आयल स्टोरका सञ्चालक भाटले बताए ।
पाटनमा आयल स्टोर सञ्चालनमा आएसंगै ग्राहकहरुलाई सहज भएको स्थानीय धु्रव बिष्टले बताए । पाटन क्षेत्रमा पेट्रोल पम्प नहुँदा अहिलेसम्म ग्राहकहरुले महंगोमा डिजेल र पेट्रोल खरीद गर्दै आएका थिए ।
यसअघि बैतडीको सतबाँझमा मात्रै आयल स्टोर रहेको थियो । सतबाँझमा रहेको भण्डारी आयल स्टोरले केही दिन अघिबाट मात्रै नियमित रुपमा पेट्रोल विक्रि शुरु गरेको थियो । करीब दुई बर्ष सम्म पेट्रोल पम्पमा पेट्रोल नहुँदा ग्राहकहरुले महंगोमा किन्नुपर्ने बाध्यता रही आएको थियो ।