‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ को अवसरमा डडेल्धुरा सदरमुकाममा प्रभातफेरी

 

डडेल्धुरा–लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा डडेल्धुरा सदरमुकाममा प्रभातफेरी गरिएको छ ।

‘महिला हिंसा न्यूनिकरण गरौं, नेतृत्व तहमा महिलाहरुको पहुँच बढाउ जस्ता नारा लगाउँदै तुफानडाँडा चोकबाट बसपार्कसम्म प्रभातफेरी आयोजना गरिएको थियो । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ मंसिर १० गतेदेखि मंसिर २५ गतेसम्म देशव्यापी रुपमा मनाइने लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान डडेल्धुरामा अमरगढी नगरपालिका, ग्रामिण महिला विकास तथा एकता केन्द्र तथा किशोरी संरक्षण मञ्चको संयुक्त आयोजनामा मनाइएको हो ।

उक्त कार्यक्रममा अन्तर–पुस्ता महिलावादी मञ्चले सञ्चालन गरेको देशव्यापी महिलावादी “अनुपम अभियान” अन्तर्गत यात्रैयात्राका सहभागीहरुले पनि सहभागीता जनाएका थिए ।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

You might also like