कैलाली- कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१० चुहास्थित भित्रि सडकमा मप ०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पतालम उपचार भइरहेको बताइन्छ ।
बस र बस चालक घोडाघोडी नगरपालिका–२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।