चीन भ्रमणमा मागियो देउवाको जिल्लामा सिटी हल

काठमाडौं नेपालले डडेल्धुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेल्धुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो। झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेल्धुरा काँग्रेस सभापति देउवाको गृहजिल्ला हो।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ।

दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएकोमा पाँचौं नम्बरमा उक्त विषय अटाएको छ।

You might also like