महिला उद्यमीहरुलाई व्यवसाय सहयोग कार्यक्रम सम्पन्न

डडेल्धुरा-जिल्लाको गन्यापधुरा गाउपालिका र अमरगढी नगरपालिकामा रहेका महिला नेतृत्वमंच र युवा संजालमा आवद्ध २५ जना महिला उद्यमी व्यवशायीहरुलाई व्यवशाय सहयोग कार्यक्रम अन्तर्गत सहयोग गरिएको छ ।

ग्रामिण महिला विकास तथाएकता केन्द्र रुडुक, डडेल्धुरा र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित महिला नेतृत्वकर्ताहरुको रुपान्तरीत नेतृत्व परियोजनाले महिला उद्यमी व्यवशायी सहयोग कार्यक्रम अन्र्तगत विभिन्न व्यवशायमा संलग्न उद्यमीहरुलाई सहयोग गरेको हो ।

महिला नेतृत्वकर्ताहरुलाई आर्थिक सशक्तिकरण मार्फत नेतृत्व क्षमता विस्तार र व्यावशायिक निरन्तरतालाई वढावा दिन विपन्न, दलितएवं समावेशी प्रक्रियावाट यि सहयोगहरु संस्थाले प्रदान गरेको कुरा रुडुक डडेल्धुराकी अध्यक्ष मान कुमारी थापाले जानकारी दिनुभएको छ ।

यस कार्यक्रम अन्र्तगत कुल २५ जना व्यवशायी महिलाहरु मध्येवाट १२ जना व्यवशायी महिलाहरुलाई ४ बाख्राका दरले ४८ वटा खरी जातका वाख्रा, १ जनालाई ब्युटीपार्लर व्यवशाय, १ जनालाई तामाका भाडाकुडा वनाउनका आवश्यक कच्चा पदार्थ र तामा सहयोग, ३ जनालाई फलामे प्लास्टीक हाउस, १ जनालाई कुखुरापालन व्यवशायका लागि चल्ला, दाना र आवश्यक भाडाकुडा सहयोग, २ जना लाई खुद्रा खुद्रा पसल सम्बन्धि सामग्रीहरु, २ जना सिलाई कटाईमा आवद्ध उद्यमीहरुलाई आवश्यक कपडा थान, मेसिन सहयोग, १ जना तरकारी संकलनकर्ता लाई संकलन केन्द्रकालागि आवश्यक सामग्री सहयोग, १ जना अटो व्यवशायी महिलाई अटो संचालन सहयोग र १ जनालाई भैसीपालन सहयोग गरी जम्मा ११ लाख ६५ हजार वरावरको सहयोग गरीएको कुरा संस्थाका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो ।

You might also like