काठमाडौं- कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ।
१८३ रनको लक्ष्य भेट्टाउने क्रममा विराटनगरले सबै विकेट गुमाएर ९२ रन बनायो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतकीय पाली खेले । उनले २३ बलमा अर्धशतक प्रहार गरे । २४ बल खेलेका ऐरीले ३ चौका र ५ छक्कासहित ५७ रनमा अविजित रहे । दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले इनिङ्सको अन्तिम दुई बलमा प्रतिस जिसीलाई लगातार छक्का प्रहार गरेका थिए ।
रोहन मुस्ताफा टस अघिसम्म कीर्तिपुर मैदानमा नपुगेका कारण सुदूरपश्चिमले ३ जनामात्र विदेशी खेलाडीलाई मैदानमा ओरालेको थियो । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।