कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर चन्द निर्वाचित भएका छन् । काँग्रेसका उम्मेदवार प्रकाश बहादुर चन्द एमाले उम्मेदरवार बहादुर चन्दलाई ६२० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनीहरु काका भतिजf हुन् ।
काँग्रेसका उम्मेदवार चन्दले १ हजार १०७ र एमाले उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत ल्याएका थिए । तेस्रो पटक चुनाव लडेका राप्रपा उम्मेदवार शुशिल कुमार भट्टले ३सय ६९, पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रामदत्त भट्टले २ सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५, नेकपा माअोवादी उम्मेदवार नानाराम ओलीले १ सय २२, राप्रपा नेपालका उम्मेदार दिल बहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १२६, नेमकीपा उम्मेदवार दल बहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले ५, स्वतन्त्र उम्मेदवार थानेश्वर प्रशाद लेकखकले १४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९मत ल्याएका थिए ।
कूल ५ हजार ४२३ मतदाता रहेको उक्त वडामा २हजार ९९१मत खसेको र ५४ मत बदर २ हजार ९३७मत सदर भएका थिए ।
यसअघि २०७९ को चुनावमा यो वडामा नेपाली काँग्रेसका महेन्द्रबहादुर खड्का निर्वाचित भएका थिए । गत वर्ष मोटरसाइकल दुर्घटनामा उनको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो।