कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देश कै उत्कृष्ट

डडेल्धुरा–गृह मन्त्रालयले गरेको त्रैमाशिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशभरमा सबैभन्दा उत्कृष्ट भएको छ ।
गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक नतिजामा देशभरका ७७ जिल्लामध्ये डडेल्धुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको हो ।


२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क प्राप्त गरेको छ । डडेल्धुराबाहेक सुदूरपश्चिमको कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मात्रै उत्कृष्ट १० जिल्लामा अटाएको छ । कञ्चनपुर आठौं स्थानमा छ । यस्तै दार्चुला १९, डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८ र बैतडी जिल्ला प्रशासन कार्यालय ६३ औं स्थानमा छन ।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्याङ्कन गरिएको हो । गृह मन्त्रालय र देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुबीच भएको कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणाली (सिपीएएस) मा प्रविष्ट विवरणको आधारमा मुल्यांकन गरिएको हो ।


कार्यसम्पादन मूल्याङ्कनबाट चालु आर्थिक बर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले पहिलो स्थान प्राप्त गरेकोमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सबैको सहयोगले देशकै पहिलो नम्बरमा आउन सफल भएको बताए । उनले अगामी दिनमा पनि उत्कृष्टता हासिल गर्न सबैको सहकार्य जरुरी रहेको विचार ब्यक्त गरे ।

You might also like