सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलामाई ९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

भिमानबाट चन्दनपुरतर्फ जाँदै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका २ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

You might also like