डडेल्धुरा जेसीजले बाँड्यो उग्रतारा मेलामा निःशुल्क खानेपानी
पुर्ब प्रधानमन्त्री देउवालाई प्रदान गरियो मायाको चिनो
डेल्धुरा-डडेल्धुरा जेसीज बर्ष २०२४ ले शनिबार उग्रतारा मेला (देहीजाँत) मा सहभागी दर्शनार्थी तथा भक्तजनहरुलाई निःशुल्क खानेपानी बितरण गरिएको छ ।
डडेल्धुरा जेसीज बर्ष २०२४ ले यही मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरेको जेसीज सप्ताह कार्यक्रमको पहिलो दिन उग्रतारा “देहीजात” मेलाका भक्तजनहरुलाई निुःशल्क खानेपानी बितरण गरिएको हो । उग्रतारा मेला “देहीजात” को दर्शन गर्न डडेल्धुरा आईपुग्नु भएका पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी संघिय सरकारका परराष्ट्र मन्त्री डा.आरजु देउवा राणालाई डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले मायाको चिनो प्रदान गरि स्वागत गर्नु भएको थियो।

हरेक बर्ष शुक्ल पुर्णिमाका दिन लाग्ने “देहीजात ” उग्रतारा मेलामा सुदुरपश्चिम लगायतका भारतका बिभिन्न सहरबाट भक्तजनहरु आउने गर्दछन यो बर्ष पनि नेपाल तथा भारतको हजारौ दर्शनार्थिले देहीजातमा सहभागीता जनाएका छन् ।
डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा उद्घाटन गरिएको निशुल्क खानेपानी बितरण कार्यक्रममा डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले नबदुर्गा गाँउपालिका वडा नं.१ का ८२ बर्षिय नबलसिह ऐरलाई पानीको बोतल प्रदान गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा हिमाल रोजिन एण्ड जडीबुटी प्रशोधन केन्द्र कैलाली,कैलपाल अफसेट प्रेस डडेल्धुरा र अमरगढी मिडिया हाउस डडेल्धुराले सहयोग गरिएको डडेल्धुरा जेसीजले जनाएको छ ।

डेल्धुरा जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत यही मसिर २ गते उग्रतारा मन्दिर सरसफाई कार्यक्रम, ३ गते अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण,४ गते स्लो बाईक रेस र ५ गते देखि ७ खुल्ला सम्म भलिबाल प्रतियोगिताको आयोजना गरिने जनाएको छ ।