दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना हुँदा दार्चुलामा ६ जनाको मृत्यु

दार्चुला– दार्चुलामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

जिप सडकबाट धेरै तल खसेकाले केही यात्रु घाइते भएको हुनसक्ने र रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

You might also like