आज मौसम बदलीः तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो

डडेल्धुरा – आज लामो समय पछि पहाडी क्षेत्रको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका केही ठाउँमा बिहान हल्का हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो घाम लागेसँगै दिउँसोपख हट्नेछ । देशभर पश्चिमी र पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।

आज गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रको एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अरु ठाउँको मौसम आज सफा रहने अनुमान छ ।
आज सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा विहानै देखी हुस्सु लागीरहेको कैलाली बाट दिपक पाठकले जानकारी दिनुभयो ।

You might also like