लोकेन्द्र ओझा
‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर केवल एउटा अंक हो । झट्ट सुन्दा यो वाक्यांश कुनै चलचित्र वा साहित्यमा प्रयोग भएजस्तो अनुभूति हुन्छ । तर, दृढ इच्छाशक्ति र मिहिनेतले यसलाई वास्तविक जीवनमै प्रयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– डडेलधुराका बहादुरसिंह साउद ।
पछिल्लो समय नेपालमा बच्चा ३–४ वर्षको भइसक्दा विद्यालय भर्ना गरेन भने ‘ढिलो भइसक्यो’ भन्ने मानसिकता विकास भइसकेको छ । सकेसम्म तोते बोली फुटेपछि र टुकुटुकु हिँड्न थालेपछि नै बच्चालाई स्कुल पठाउने अभिभावकको संख्या अत्यधिक भइसकेको छ । तर, बहादुरसिंह भने उमेरले ८० टेकेपछि विद्यालय भर्ना भएका छन् । र, सबैको चर्चाको विषय बनेका छन् । उमेरले नेटो काटेपछि विद्यालय भर्ना भएका उनले चर्चा त पाएका छन् नै, साथै उमेर गइसक्यो, अब के पढ्नु भनेर पढाइलाई महत्व नदिनेहरूका लागि पनि गतिलो प्रेरणा बनेका छन् ।
बहादुरसिंह डडेलधुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित वीर बलभद्र माध्यमिक विद्यालयमा यही शैक्षिक सत्रमा भर्ना भएर अध्ययनरत छन् । उनीसँगै उनका ६ जना साथीहरू पनि सोही कक्षामा पढ्छन् । ८–१० वर्षसम्मका २ छात्र र ४ छात्राहरूसँगै पढिरहेका बहादुर कक्षाकार्यदेखि गृहकार्यसम्म मिहिनेत गर्छन्, नबुझेको सोध्छन् ।
भनिन्छ– मानिसले बालापनको अनुभव २ पटक गर्छ । पहिलो– आफैँ बालक हुँदा, दोस्रो– बुढेसकालमा । त्यही भएर त बुढेसकाल लागेपछि आमाबाबुको चाहना हुन्छ– छोराछोरीको बिहे गरिदिएर नातिनातिना खेलाउने । बुढेसकालका असली साथी भनेकै बालबालिका हुन् भन्ने कुरा वृद्धवृद्धाको नातिनातिना मोह र नातिनातिनाको हजुरबारआमासँगको सामीप्यले पनि पुष्टि गर्छ । त्यसकारण पनि बहादुरलाई स्कुलमा घरमै नातिनातिनासँग पढिरहेकोरखेलिरहेको भान हुन्छ । र, उनी यसमा खुब रमाइरहेका छन् ।
बहादुरले यसअघि पनि स्कुल भर्ना भएर पढ्न नचाहेका होइनन्, तर स्कुलले बुढेसकालमा के रहर जागेको भनेर हाँसोमै उडाइदियो । तर, हरेक पटक गएर हेडसरलाई ‘सर म पढ्ने हो’ भन्न छाडेनन् । अन्ततः स्कुलले यस वर्ष भने हार खायो र बहादुरलाई भर्ना गर्यो । नेपाललाई आफ्नी आमासमान सम्मान गर्ने उनलाई नेपालीमा खरर बोल्न र लेख्न सक्ने हुनु छ । उनले अठोट नै गरेका छन्– म स्वास्थ्यले साथ दिएसम्म स्कुलमै गएर पढ्छु, कुनै दिन पनि गयल हुन्नँ । बिदा बस्नुपर्दा बिदाको निवेदन लेख्ने गरेको उनी सुनाउँछन् ।
आफ्नो बाल्यकाल सम्झिँदै बहादुर भन्छन्, ‘त्यतिबेला गाउँमा स्कुल थिएन । बाआमाले टाढाको स्कुलमा लगाएर पढाउनुभएन । पढाउनुपर्छ भन्ने पनि थिएन । सरकारले नै धेरै ठाउँमा स्कुल खोलेको थिएन ।’ विभिन्न कारणले पढ्न नपाएका र नपठाइएका बालबालिकालाई पढाउनुपर्ने बहादुर बताउँछन् । अहिले हरेक कुराले पढ्न धेरै सजिलो अवस्था रहेको भन्दै उनले उमेर ढल्कियो भनेर पढाइलाई बेवास्ता नगर्न पनि सुझाव दिएका छन् ।
त्यस्तै विर वलभद्र माध्यमिक बिध्यालयका साहायक प्रधानाध्यापक तथा वालसंरक्षण कालागि सम्पर्क शिक्षक टेकराज ओझा भन्नु हुन्छ । हामिले वाल संरक्षणकालागि वालमैत्रि कक्षा तथा शैक्षिक सामाग्री वनाएका छौं । वालक्लवहरुले बिध्यालयका बिभीन्न कार्यक्रम समेत चलाउदै आएका छन । हामिले सहजिकरण गरेपनि अन्य सबै कार्यक्रमहरु बिध्यार्थि हरुले आफै गरिरहेका छन । सबै वालबालीका हरुले स्वोस्र्फुत रुपमा अतिरिक्त कार्यक्रमहरु गर्दा वालवालिका हरुको प्रतिभा पहिचान गर्ने सजिलो भएकोछ । अहिले स्कुल भन्दा वाहिर रहेका वालवालिकाहरु कमछन । ओझाले भन्नु भयो स्थानिय सरकाले बाल संरक्षणकालागि गरेको नितीगत ब्यवस्थाको पुर्ण रुपमा हाम्रो स्कुलले कार्यान्वन गरिरहेको छ ।
भौतिक अवस्था पर्याप्त मात्रामा छैन । घेरवारपनि अधुरो तथा अपुरोछ । दुई ओटा भवनहरु मत्र भुमक्प प्रतिरोधात्कम छन । तिनओटा भवनहरु भुकम्पको उच्च जोखिममा छन । बालमैत्रि सौचालय छैनन् छात्राहरुकालागि अलग सौचालय भएपनि पानिको अभावछ । खनेपानिको समेत समस्या रहेको छ । छात्राहरुको लागि सेनेटरीप्याडको ब्यावस्था भएपनि छात्राहरुले त्यस्को कसरी ब्यवस्थापन गर्ने स्कुलमा सेनेटरी प्याडको उचित बेवस्थापन गर्ने ठाँउ छैन । स्कुलमा गुनासो पेटिकाछ अभिभावकले सल्लाह सुभाव गुनासो पेटीमा हाल्ने गरेकाछन मासिक रुपमा गुनासो पेटिका खोल्ने गरिन्छ धेरै गुनासो भने आउदैन ।
जयन्ती ऐरको संयोजकत्वोमा नौ सदस्य बिध्यालय वालसंरक्षिण समिती रहेको र बाल वालिका सम्वन्धी कुनै समस्या आएमा पहिले बालसंरक्षण समितीले सहजि करण गर्ने गरेको जानकारी दिनु भयो ।
डडेल्धुरा जिल्लाकै भागेस्वोर गाँउपालिका वार्डनं. ४ मा रहेको श्री डम्वरपुर प्रथमिक बिध्यालय चौड डडेल्धुरामा हाल कक्षा १देखि ५ सम्म ३७ जना बालवालिकाहरु अध्ययन गरिरहेका छन । बिध्यालयले बाल संरक्षणकालागि बालमैत्री कक्षा तथा शैक्षिक सामाग्री वनाएर अध्यापन गरिरहेको बिध्यालयका प्रधानाध्यापक टिकेश्वोरी पनेरुले जानकारी दिनु भयो । वहाँले भन्नुभयो बिध्यालयमा भौतिक अवस्था पर्याप्त मात्रामा छैन ।
घेरवारपनि अधुरो तथा अपुरोछ । गाई बाख्राहरु बिध्यालयमा आउछन । एक ओटा भवनमात्र भुमक्प प्रतिरोधात्कम छ । एउटा भवनहरु भुकम्पको उच्च जोखिममा छन । बालमैत्रि सौचालय छैनन् एउटा सौचालय छ । बिध्यालयको बिषयमा कुनै समस्या आएमा अधिधावकहरु प्रत्यक्ष बिध्यालय परिवारलाई जानकारी गाउने गर्दछन । बिध्यालयमा धेरै गुनासो भने आउदैन । गुनासो सुनुवाई समिती वनाएको छैन । बाल संरक्षण समिती शिक्षक अभिभावक संघ अध्यक्षको संयोजक सहित सात जना सदस्य हरेका छन । बाल अधिकार सम्वन्धी बिभिन्न अतिरिक्त कार्यक्रम बिध्यालयले गरीरहेको जानकारी दिनुभयो ।
यसै नवदुर्गा गाँउपालिका डडेल्धुराले बाल संरक्षिण सम्वन्धी निती २०८० पास गरेको नवदुर्गा गाँउपालिकाका उपाध्यक्ष निर्मला बिस्ट वोगटीले जानकारी दिनु भयो । बाल संरक्षिण सम्वन्धी निती अन्तरगत वालवालिका हरुको संरक्षणकालागि खेल्नपाउने, वोल्नपाउने, पढ्नपाउने, लेख्नपाउने, औषधि उपचार पाउने, संगठीत गर्ने, गाँउपालिका स्थर्य वालक्लाव, स्कुलस्थर्य वालसंगठन निमार्ण गरिएको छ । गाँउपालिका र वडा स्थरका बाल सञ्जालहरुको क्षमता वढाउनकालागि हाम्रो पालिकाको संरक्षकको रुपमा गाँउपालिका अध्यक्ष र वडा तहमा वार्ड अध्यक्ष संरक्षक रहेको जानकारी दिनु भयो । क्लव हरुको परिचालन तथा क्षमता अभिबृद्धीका लागि ५ लाख वजेट समेत पालिकाले छुट्रयाएको छ । वहाँले भन्नु भयो हाम्रो गाँउपालिकाका हरेक बिध्यालयमा हामिले वालक्लब गठन गरेका छौं । बिध्यर्थिहरुलाई आईपर्ने समस्यालाई हाम्रा वालसंगठनको माध्यमवाट ल्याउने निती वनाएका छौ ।
स्थानिय सरकार सञ्चालन ऐन अनुसार नवदुर्गा गाँउपालिका डडेल्धुराको महिला तथा बालवालिका शाखावाट काम गरिरहेका छौ ।
थप सहयोग लु–निभा वाल सरोकार समुह डडेल्धुराले शैक्षिक सामाग्री र निती निमार्णमा पनि सहयोग गरेको छ । वाल अधिकार संरक्षण श्रोत ब्यक्तिकोरुपमा पनि एकजना कर्मचारी हाम्रो गाँउपालिकाले तोकेको छ । प्राथमिक क्षेत्रवाटै शैक्षिण गुणस्तर सुधार गर्नु पर्छ भनेर बिभीन्न शैक्षिक समाग्री र वालमैत्रि शिक्षण सिकाई कृयाकलाप गरिरहेकाछौं । त्यस्तै वाल संरक्षण सम्वन्धी निती त्यस्को कार्यान्वयनका बिषयमा बालसंरक्षक, क्लवका अध्यक्ष, सरोकारवाला निकायसंगै हाम्रो पालिकाका शिक्षकहरुलाई तालीम दिदै आएका छौं ।
डडेल्धुरा जिल्लाको भागेस्वोर गाँउपालिकाले पनि बाल संरक्षण सम्वन्धी बिभीन्न काम गरिरहेको छ । गाँउपालिका अन्तरगत रहेका बिध्यालयहरुमा बिध्यार्थिहरुको संख्या कस्तोछ । वालवालिका हरुको संख्या र बिध्यालय वाहिर रहेका वालावालिकाको अवस्थावारे तथ्याङ्क संकलन गर्ने काम भईरहेको भागेस्वर गाँउपालिका डडेल्धुराका अध्यक्ष हेमराज चटौतले जानकारी दिनु भयो । बिध्यालय भन्दा वाहिर रहेका वालवालीका हरुलाई अनिवार्य स्कुलमा भर्ना गर्ने र आर्थिक अवस्था कमजोर भएका कारण स्कुलजान नसकेका वालवालीका हरुलाई गाँउपालिकाले आर्थिक सहयोग समेत गरिरहेको जानकारी दिनु भयो ।
शैक्षिक गुणस्तर सुधारकालागि प्रत्येक स्कुलमा शिक्षकलाई नोट बुक र छात्र छात्राहरुलाई होमोक डायरी दिएकाछौ । यति गर्दापनि बिभीन्न कारणले स्कुल छोड्ने बाालबालिकाहरु छन । लु–निभा वालसरोकार समुह डडेल्धुराले शैक्षिक सामाग्री, आधारभुत तहका स्कुलका कक्षाकोठा ब्यवस्थापन, सजावट, खेलकुदका सामाग्री, शैक्षिक सहजताका लागि वालपेन्टीङ्, शिक्षक तथा वाल क्लवलाई तालिम आर्थिक तथा निती निमार्णमा पनि सहयोग गरेको जानकारी दिनु भयो । बिपन्न तथा अपाङ्ग वालवालिका हरुलाई लु–निभासंगको सहकार्यमा छात्रबृति कार्यक्रम सम्पन्न गरिएको गाँउपालिका अध्यक्ष चटोतले जानकारी दिनु भयो ।
भागेस्वोर गाँउपालिकाकै महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले गतवर्ष वालश्रम मुक्त गाँउपालिका घोषणकालागि वालश्रममा रहेका वालवालिकाहरुको दुईवटा वडामा तथ्याङ्क सर्बक्षण सम्पन्न गरेको थियो । सर्बेक्षण अनुसार आठ जना वालकालिकाहरु बिध्यालय वाहिर रहेका छन । भागेस्वोर गाँउपालाकाको वार्डनंं २ र ५ का ६५८ घरमा गरिएको सर्बेक्षण अनुसार २२ जना वालवालिकाहरु श्रमिक रहेको र चौधजना घरायसी श्रममा र स्कुलमा जाने गरेको भेटीयो भने आठ जना पाँच वर्षदेखि पन्ध्रवर्ष उमेरका वालवालिकाहरु पुर्ण रुपमा बिध्यालय वाहिर रहेको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना थापाले जानकारी दिनु भयो । वहाँका अनुसार बाल संरक्षणकालागि बाल श्रममुक्त पालिका घोषणा गर्न यसवर्ष १, ३, र ४ वडाहरुमा सर्बेक्षण गरीने जानकारी दिनु भयो ।
यस शाखा अन्तरगत बिध्यालय स्तरीय शिक्षक, अभिभावक, वालक्लव, बिध्यालय ब्यवस्थापन समिती संग समावेशि शिक्षा कार्यक्रम वाल अधिकार सम्वन्धी तालीम सम्पन्न गरीयो । वाल संरक्षिण सम्वर्धन सम्वन्धी कार्यबिधी २०८० पारितगरी कार्यान्वयनमा छ । कार्यबिधीमा वाल संरक्षण, वालश्रम , वालकोष, वालश्रममुक्त गाँउपालिका घोषण सम्वन्धी ब्यवस्था, वाल अधिकार, वालक्लव गठन प्रक्रिया, वाल सञ्जाल गठन प्रक्रिया, संरक्षक रहने ब्यवस्था, वाल सञ्जालको काम कर्तब्य र अधिकार तथा समावेशि शिक्षाका वारेमा समेत प्रस्ट ब्यवस्था गरेको जानकारी दिनु भयो । ३२ जना किशोरी हरुकालागि आत्मरक्षा सिप बिकास तालिम ८८ जनालाई अभिभावक बिहिन वालवालिका हरुलाई आर्थिक सहयोग गरेको समेत थापाले जानकारी दिनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३९मा बालबालिकाको हक सम्वन्धी ब्यवस्था गरेको छ । हरेक बाबालिकालाई पहिचान सहित नामाङ्करण जन्मदर्ताको हकहुने उल्लेख गरेको छ । प्रत्येक बालबालिकालाई परिवार तथा राज्यवाट, शिक्षा स्वास्थ्य, पालन पोषण, खेलकुद, मनोरञ्जन र ब्यक्तीत्वो बिकास सम्वन्धी हक उल्लेख छ । प्रारम्भिक बालबिकास तथा बाल सहभागिताको हक हरेक बालबालिकाले पाउने कानुनि ब्यवस्था रहेको छ ।
बालबलिका सम्बन्धी ऐन, २०७५ को परिच्क्षेद २ मा वालवालिकाको अधिकार सम्वन्धी ब्यवस्था गरेको छ । जस्मा हरेक वालबालिकाहरुले सम्मान पुर्वक वाँच्नपाउने अधिकार हुनेछ । नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको विकासको लागि बालबालिका माथिहुन सक्ने दुर्घटनाको रोकथाम जोखिम न्युनिकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाकालागि आवस्यक उपाय अवलम्वन गरिने उल्लेख गरेको पाईन्छ ।