जयभुवन कप सिजन २ को उद्घाटन

डडेल्धुरा-डडेल्धुरामा जय भुवन कप सिजन–२ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ । जय भुवन युवा क्लब एरोडाको आयोजना तथा नवदुर्गा गाउपालिका तथा विभिन्न वडाहरुको प्रायोजन तथा सह प्रायोजन र विभिन्न व्यक्ति तथा प्रतिस्ठानको सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थिले गर्नुभएको हो ।

जम्मा १४ वटा टिमको सहभागीता रहेको प्रतियोगीताको दोश्रो संस्करण यहि कात्तिक १२ देखि १६ गतेसम्म डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं।–१ कोटेलीको एरोडा खेलमैदानमा सुरु भएको हो ।

क्लबका अध्यक्ष किरन ऐरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ८७ हजार रुपैयाँ र द्धितिय हुने टिमले ४७  हजार रुपैयाँ तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उनले खेल अवधिभर उत्कृष्ट हुने ब्याटस् म्यान, बलर र खेलाडीलाई पनि ट्रफिका साथै पुरुस्कार दिइने बताए ।


क्लवका अध्यक्ष किरन ऐरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थी प्रमखु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने गाउपालिका उपाध्यक्ष निर्मला विष्ट बोगटी र सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो् ।
जिल्ला क्रिकेट संघ डडेल्धुराका अध्यक्ष हरि प्रसाद उप्रेती लगायतका अतिथिहरुले पछिल्लो समय नेपालमा खेलकुदले राम्रो फड्को मारिरहेको र खेलकुदको विकासको लागी सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)

अमरगढी ५, तुफानडाँडा, डडेल्धुरा

सुचना

 

प्रथम पटक प्रकासित मिती २०८१।०७।१२

 

उपरोक्त बिषय सम्बन्धमा यस ग्रमिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा ले आफनो बैठक हलमा कार्यक्रम तथा बैठक संञ्चालनका लागी Smart Board खरीद गर्नु पर्ने भएकाले यो सुचना प्रकाशित भएको मिती बाट १५ दिनको म्याद कायम हुने गरि सुचना जारी गरिन्छ । ईच्छुक तपशिलका कागजात सहित क्mबचत द्ययबचम उपलब्ध गराउन सक्ने पसल तथा सप्लायर्सले तोकिएको समयावधि भित्रै कार्यालयमा वा [email protected] मा दर रेट तथा तपशिल बमोजिमका कागजातहरु पेश गर्न हुन अनुरोध गर्दछौ ।

 

तपशिलः

१) पसल तथा सप्लार्यसको व्यवसाय दत्र्ता प्रमाण पत्र भएको

२) पसल तथा सप्लार्यसको PAN भएको

३) बैकिङ्ग करोबारका लागी बैक खाता भएको

४) कर चुक्त्ता प्रमाण पत्र भएको

S.N. Description
1. 65″ Smart Board (Touch Screen, HDMI, Android, Camera, Microphone touch USB etc.
2. Portable Smart board Stand

 

खरिद समिती

ग्रामिण महिला बिकास तथा एकता केन्द्र

(रुडुक) डडेल्धुरा

You might also like