डडेल्धुरा-डडेल्धुरामा नवप्रवद्र्धन कोषको परिचय तथा आवेदन प्रकृयाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको अजयमेरु र नवदुर्गा गाउँपालिकामा संञ्चालन भईरहेको “गैर परम्परागत क्षेत्रमा महिला उद्यमसिलता विकास परियोजना” अन्तर्गत उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।
फिन चर्च एड र वुमन्स बैँकको सहयोगमा एकिकृत विकास समाज डडेल्धुराले “गैर परम्परागत क्षेत्रमा महिला उद्यमसिलता विकास परियोजना” संञ्चालन गरिरहेको छ ।

छलफल कार्यक्रममा परियोजनाको तर्फ बाट आह्वान गरिएको नवप्रद्र्धन कोषको बारेमा जानकारी दिइएको थियो भने कोषका लागी आवेदन गर्ने प्रकृयाको बारेमा सरोरकारवाला लाई जानकारी दिईएको थियो ।
परियोजनाले अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा गैर परम्परागत उद्यम गर्न चाहने लाई अधिकतम ५ लाख देखी १० लाख सम्मको अनुदान सहयोग गर्न लागीएको एकिकृत विकास समाजका कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले बताउनुभयो ।
नवप्रवद्र्धन कोषका लागी कार्तिक २८ गते सम्म एकिकृत विकास समाज डडेल्धुराको कार्यालयमा आवेदन पेश गर्न सकिने संस्थाका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताउनु भयो ।
