डडेल्धुरा-डडेल्धुराको अजयमेरु गाउँपालिका तथा नवदुर्गा गाउँपालिकाका सम्भावीत उद्धमीहरु सहभागी गराई आयोजना गरिएको दुई दिने उद्यमशिलता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एफ.सि.ए.तथा वुमन्स बैँकको सहयोगमा एकिकृत विकास समाज डडेल्धुरा द्धारा संञ्चालन भइरहेको गैर-परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना अन्तर्गत संञ्चालन भएको उद्यमशिलता विकास सम्बन्धि अमुखिकरण सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रमको पहिलो चरणमा दुई पालीका बाट २० जना युवा उद्यमीहरुको सहभागिता रहेको थियो भने आर्काे चरणको अभिमुखीकरण कार्यक्रम लगत्तै सुरु हुने एकिकृत विकास समाजका कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रमलाई एफ.सि.ए.को तर्फ बाट अस्ट प्रजापती, पूजा लामीछानेले सहजिकरण गर्नुभएको थियो भने एकिकृत विकास समाज डडेल्धुराको तर्फ बाट कार्यक्रम संयोजक बाबुराम श्रेष्ठ र उद्यम विकास अधिकृत हरिकला थापा गुरुंग र नरेन्द्र बहादुर धामीले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा राष्ट्रिय बाणिज्य बैँक, लक्ष्मि सनराईज बैँक र ग्लोबल आई.एम.ई. बैँक का प्रतिनिधिहरुले उद्यमसिलता र लगानी का बारेमा सहभागीहरु संग अन्तरक्रिया गर्नुभएको थियो ।