तरकारी खेतीमा होमिदै डडेल्धुराको हरडीगाउँ

केही समय पहिले सम्म जम्मा जम्मी २–३ घरले व्यवसायिक तरकारी खेती गर्ने गरेका डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.४ हरडीगाउँ का करिव करिव सबै घरधुरीले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।

डडेल्धुरा जिल्ला सदरमुकाम नजिकैको वडाहरू मध्येको वडा नं. ३ र ४ का विभिन्न समुदायमा सञ्चालन भएको “दिगो आर्थिक विकासका लागी जलवायु मैत्री कृषि अभ्यासहरू” परियोजना अन्तर्गत सम्पन्न भएका विभिन्न क्रियाकलाप हरूले यहाँका समुदायको किसानहरू लाई व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गरेको अमरगढी नगरपालिका वडा नं. ४ का परमानन्द शाहु ले बताउनु भयो ।

परम्परागत बाट आधुनिक तर्फ

तरकारी खेती हरडीगाउँमा रहेको करिव ५० घरधुरी मध्ये २–३ घरले मात्र आफूले उत्पादन गरेको तरकारी बजार लगेर बिक्री गर्ने गरेको भए पनि अन्य घरधुरीले घरायसी प्रयोजनका लागी तरकारी खेती गर्ने गर्दथे । सदरमुकाम नजिकै भए पनि यहाँका किसान हरुले कहिल्यै आधुनिक प्रविधि हरू अपनाएका थिएनन् ।

इन्द्र बहादुर शाहु, किसान

वैदेशिक रोजगारको सिलसिलामा करिव ७ वर्ष मलेसिया बसेर फर्किएका इन्द्र बहादुर शाहु को अनुभवमा आफ्नो गाउँको तरकारी खेतीमा नयाँ प्रविधि भर्खर मात्र प्रवेश गरेको र पहिलेको तुलनामा उत्पादन बढे पछि किसान हरु आधुनिक प्रविधि तर्फ आकर्षित हुन लागेका छन् ।

परियोजनाको तर्फ बाट भएको सहयोग

अमरगढी नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ४ समुदायमा संञ्चालन भएको “दिगो आर्थिक विकासका लागी जलवायु मैत्री कृषि अभ्यासहरू” परियोजना अन्तर्गत हरडीगाउँमा भएको विभिन्न सहयोगले हरडीगाउँ लाई व्यवसायीक तरकारी उत्पादनका लागी प्रेरित गरेको हो ।

परियोजनाको तर्फ बाट हरडीगाउँमा २५ वटा ठुलो प्लास्टिक घर, १० वटा सोयल सिमेन्ट पोखरी, रिचार्ज पोखरी, २५ वटा भकारो सुधार, विभिन्न किसिमका तालिमहरू, बिउ बिजन सहयोग गर्नुका साथै विभिन्न अध्ययन अवलोकन भ्रमणमा सहभागी गराएर किसानहरू लाई व्यवसयीक तरकारी खेती तर्फ आकर्षित गरेको हो ।

यसै गरी परियोजनाको तर्फ बाट गड्यौले मल तथा झोल मल सम्बन्धी तालिम दिए पश्चात किसान हरु जैविक मल तथा विषादी तर्फ पनि आकर्षित भएका छन् ।

पहिलो सिजनमै राम्रो कमाई

यस वर्ष जेष्ठ महिनाको अन्तिम तिर सबै संरचनाहरु निर्माण भए पश्चात असारको पहिलो हप्ता तिर पोली हाउसमा टमाटर खेती गरेका हरडीगाउँका किसानहरूले भदौको अन्तिम तिर बाट टमाटर विक्रि सुरु गरेर आम्दानी भित्राउन थाले ।

पोलीहाउस मा मात्र नभएर बाहिर खुला क्षेत्रमा पनि रायो, लसुन, प्याज, मुला, लौका, घिरौला जस्ता तरकारी खेती गरेका हरडीगाउँका किसानहरूले यो सिजनमा मात्र निकै राम्रो आम्दानी गर्न सफल भए ।

यो सिजनमा सबै भन्दा कम आम्दानी गर्नेले पनि २० हजार सम्म आम्दानी गरेको र बढी आम्दानी गर्नेले करिव ५० हजार सम्मको तरकारी बेचेको किसान ईन्द्र बहादुर शाहुले बताउनुभयो ।

सिकाई अनुसरण गर्दै छिमेकीहरु

परियोजनाको तर्फ बाट हरडीगाउँका २५ परिवार लाइ मात्र विभिन्न सामाग्रीहरु सहयोग गरिएको हो र ति परिवारहरुले मात्र व्यवसायिक तरकारी सुरु गरेकोमा ति किसानहरुको उत्पादन तथा आम्दानी देखे पछि गाउँका अन्य किसानहरू पनि व्यवसायिक तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् ।

२५ जना किसानलाई व्यवसयीक तरकारी खेतीका लागी सहयोग गरिएकोमा अहिले हरडीगाँउका करिव ४० घरले व्यवसायिक तरकारी खेती सुरु गरिसकेका छन् । हरडीगाउँका अन्य किसानहरु पनि व्यवसायीका रुपमा तरकारी खेतीलाई निरन्तर गर्ने बताउछन ।

परमानन्द शाहु,वडा अध्यक्ष,अमरगढी नगरपालिका वडा नं.४

 

अमरगढी नगरपालिका वडा नं.४ ले एक घर एक प्लास्टिक घरको अवधारणामा काम गरिरहेकोले आगामी दिनमा हरडीगाउँमा छुटेका किसानका साथै अन्य नयाँ समुदायहरुमा पनि प्लास्टिकघर हरु वितरण गर्ने योजना रहेको वडा अध्यक्ष परमानन्द शाहुले बताउनु भयो ।

You might also like