नयाँदिल्लीमा नेपालीमाझ माओवादी नेता शिव सिँह ओलीको सकृयता

डडेल्धुरा – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिब सिंह ओली पछिल्लो समय भारतको राजधानी नयाँदिल्लीमा नेपालीहरु माझमा विभिन्न कार्यक्रममा सक्रिय रहेका छन् ।

नेपालीहरुको महान चाँडपर्व दशैं तिहारको वीचमा सुदूरपश्चमेलीहरुको कर्म थलोको रुपमा चिनिने भारतका विभिन्न शहरमा पुगेर नेता ओली प्रवासीका समस्या बुझ्नुका साथै नेपालीहरुलाई कर्तव्य बोध पनि गराइरहेका छन् ।
विधार्थी कालदेखि नै राजनीतिमा होमिएका ओली वाइसियलको केन्द्रीय सचिवालय सदस्य हुँदै एकीकृत नेकपा (माओवादी) को डोटी जिल्ला सचिव, पार्टीको विदेश विभाग सदस्य, नेकपा (माओवादी केन्द्र) डोटी जिल्ला इन्चार्ज, २०७८ देखि नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य र २०७९ सम्पन्न निर्वाचनमा डोटी बाट प्रदेस सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए।

केही दिनअघि भारतको राजधानी नयाँ दिल्लीमा आयोजित चौथो दयाल स्पोर्स कप तेक्वन्दो च्याम्पियनसीपको उद्घाटन गर्दै उनले नेपाल भारत बीचको मैत्री सम्बन्ध धेरै पुरानो भएकोले दुबै देशबीच सुमधुर सम्बन्ध रहनु पर्ने भन्दै यसकालागि दुबै देश आपसमा सहअस्थित्व र राष्ट्रीय हितको आधारमा अगाढी बढ्नु पर्नेमा जोड दिएका थिए । उक्त प्रतियोगितामा भारतका बिभिन्न प्रान्तका ३०० खेलाडीले भाग लिएका थिए ।

आज नेकपा माओवादी केन्द्रको भातृसंगठन रिटर्नी सेन्टर नेपालका सुदूरपश्चिम इन्चार्ज ओलीको बिशेष उपस्थितिमा अखिल भारत नेपाली एकता मन्च नयाँ दिल्ली तिमारपुर संगठन समिति गठन गरिएको छ । लोकेन्द्र चुनाराको अध्यक्षतामा गठन भएको उक्त समितिमा ९ सदस्यीय मध्य दिल्ली ९मोडल टाउन, तिमारपुर, दिल्ली बिश्वविधालय० सम्पर्क नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पुनम पाण्डे, सचिब सतपाल बिक, सहसचिव राजेश चदरा, कोषाध्यक्ष लक्ष्मी सार्की र सदस्यहरु पुनम बिक, ममता सार्की, पुजा सार्की, बिस्ना देवी रहेका छन् ।

यस्तै ललित सुनारको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । जस्को सदस्यमा बिस्ना सुनार र लिला सार्की रहेका छन् । नब गठीत समितिका पदाधिकारी तथा सदस्यहरुलाई माननीय ओलीले आबिर र दोसल्ला लगाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा सुदूरपश्चिम समाज दिल्ली राज्य समिति सदस्य अनिल बिकको सहभागिता रहेको थियो ।

 

You might also like