प्रभावकारी बन्दै गन्यापधुरा ४ को निशुल्क कपडा वैंक अभियान

डडेल्धुरा-गन्यापधुरा गाउँपालिका वडा नं.४ ले हुनेले सहयोग गरौं, नहुनेले लगेर जाऔं भन्ने नाराका साथ संञ्चालन गरेको निशुल्क कपडा बैँक अभियान प्रभावकारी बनिरहेको छ ।


चाडपर्व तथा आउदै गरेको चिसो लाई लक्षित गरी सुरु गरिएको निशुल्क कपडा बैँक अभियानमा विभिन्न दाताहरुले कपडा दिएर सहयोग गरेका छन् भने संकलन गरिएका कपडाहरु वडा नं.४ को कार्यालय बाट वितरण गरिन लागेको वडा नं.४ का अध्यक्ष नरेश भट्टले बताउनु भयो ।
पहिलो चरणमा १०० जना भन्दा बढी लाई निशुल्क रुपमा कपडा वितरण गरिएको छ भने लत्ता कपडा संकलनको क्रममा रहेकोले हाल करिव १५ सयको हाराहारीमा लत्ताकपडा तथा जुत्ताहरु संकलन भइसकेको र वडा बाट व्यवस्थित रुपमा वितरण गर्ने योजना बनाइरहेको वडा अध्यक्ष भट्टले बताउनु भयो ।
निशुल्क कपडा बैकको अवधारण हाल लाई चाडपर्व लक्षित जस्तो देखिए पनि समाजमा व्याप्त रहेको गरिवि, वेराजगारीका कारण अभाव भोकीरहेका समाज लाई केही राहत दिनको लागी भए पनि यो अभियान लाई दिर्घकालीन बनाएर लैजाने सोच रहेको अध्यक्ष भट्टले बताउनु भयो ।
पछिल्लो समय विभिन्न व्यक्ति, व्यापारिक प्रतिस्ठान तथा सामाजिक संघ संस्थाहरुले निशुल्क कपडा बैँक लाई कपडा तथा अन्य विभिन्न सामाग्रीहरु सहयोग गरिरहेका छन् ।

You might also like