डडेल्धुरा-डडेल्धुरा सदरमुकाममा गत १९ गते सुरु भएको अमरगढी टि-२० क्रिकेट प्रतियोगिताको उपाधी परशुराम नगरपालीकाले जितेको छ । आज अन्तिम दिन भएको फाईनल खेलमा खलंगा ११ लाई ६० रनले पराजित गर्दै परशुराम नगरपालिकाले उपाधी आफ्नो पोल्टामा पारेको हो ।

परशुराम नगरपालिकाले पहिले ब्याटिंग गर्दै १५ ओभर खेलेर ७ विकेट गुमाउदै २२२ रन बनाएको थियो भने प्रत्युत्तरमा खलंगाा ११ ले १५ ओभरमा ५ विकेट गुमाउदै जम्मा १६२ रन बनाएको थियो ।
डडेल्धुरामा सर्वाधिक पुरस्कारको रुपमा लिइएको यो प्रतियोगिताको आयोजना दिप डडेल्धुराले गरेको थियो भने सुदूरपश्चिप प्रदेश को समाजिक विकास मन्त्रालय मुख्य प्रायोजक रहेको थियो ।
सम्मान–समानता आर्थिक समृद्वि द्धिप डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा असोज १९ गते देखी सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदश्य डा.तारा जोशीले उद्घाटन गर्नुभएको थियो भने आज समापन कार्यक्रम सुदूरपश्चिम प्रदेशका समाजिक विकास राज्य मन्त्रि सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
