वाढी पहिरो प्रभावितलाई राहत सामग्री हस्तान्तरण

डडेल्धुरा – आलिताल गाउपालिका वडा नं. २ बोरगाउ र उल्लानीमा पहिरो तथा वाढी प्रभावित १५ घरधुरीहरुलाई आपतकालिन राहत सामग्री हस्तान्तरण गरीएको छ ।

भाद्र २७ र २८ गते परेको अविरल बर्षातका कारण बोरगाउको माथिबाट खसेको पहिरो र दहगाडमा आएको अत्यधीक बाढीका कारण यस वडाका धेरै बस्तीहरु प्रभावित तथा बिस्तापित हुन पुगेका थिए । यसै क्रममा दहगाड लघुजलबिद्युत परियोजना, दहगाड छेउछाउका उल्लानी, लडुवा लगायतका बस्ती, धानखेतीका साथै उडीकोट आलिताल सडक र सिचाई कुलोहरु पूर्ण तथा आंसिक क्षती भएको थियो ।

१५ घरधुरीहरुलाई ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालको सहकार्यमा संचालित आपतकालिन प्रतिकार्य परियोजना र आलिताल गाउपालिकाको समन्वयमा बिभिन्न खाद्यान्न, सरसफाई र आपतकालीन सेल्टर संग सम्बन्धित सामग्रीहरु चामल, दाल, नुन, तेल, त्रिपाल, बाल्टीन एवं बिभिन्न सरसफाई सामग्रीहरु सहितको झोला हस्तान्तरण गरीएको छ ।

आलिताल गाउपालिकाको वडा नं. २ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी, बुद्धिजिवि, परियोजनाका कर्मचारीहरु र स्थानीय प्रभाविति समुदायका ब्यक्तिहरुको उपस्थीतीमा उक्त राहत सामग्रीहरु हस्तान्तरण गरीएका छन । रुडुक डडेल्धुराले अक्सफाम संगको सहकार्यमा यस अघि पनि स्थानीय तहरुसंगको सहकार्यमा तत्काल राहतका कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि प्रभावित समुदायहरुलाई सक्दो राहत सहयोग गर्ने योजना रहेको कुरा रुडुक डडेल्धुराले जनाएको छ ।

यस बर्ष डडेल्धुरा जिल्लाका भएको अत्याधिक बर्षतका कारण ७ वटै पालिकाका विभिन्न स्थानहरुमा लाखौको जनधनको क्षती हुनुका साथै यस जिल्लाका मुख्य नदीहरु रंगुन, पन्तुरा, रुवाखोला, लगायतका खोलाहरुले धानवाली समेतमा ठुलो क्षती निम्त्याएको थियो ।

You might also like